विजनेस युनिभर्सल डेभलपमेण्ट बैङ्कको नवौँ वार्षीक साधारण सभा

पोखरा, २८ माघ/विजनेस युनिभर्सल डेभलपमेण्ट बैङ्कको नवौँ वार्षीक साधारण सभा नयाँ कार्यसमिति चयन गरेको छ ।  ।समितिको अध्यक्षमा मिलन कुमार वैद्य र सदस्यहरुमा नारायणमान राजभण्डारी, बिनोद कायस्थ, दिनेशशंकर पालिखे, रश्मि जैन, भुवन बज्राचार्य, वृष बहादुर बस्नेत, र दिपक रिमाल रहेका छन् । साधारण सभाले आर्थिक वर्ष ०६९—७० को वार्षीक प्रतिवेदनमा पारित गरेको छ ।बैङ्कको हाल ८४ करोड चुक्ता पुँजि रहेको छ । बैङ्ककको आर्थिक वर्ष ०६९÷७० मा खुद मुनाफा १० करोड ३४ लाख रहेको बैङ्कले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष नाफा १८.८९ प्रतिशत ले वद्धि भएको हो । असार मसान्त सम्म बैङ्ककको पुँजिकोष १ अर्व १ करोड ८५ लाख ९१ हजार रहेको थियो । बैङ्ककले यसै आर्थिक वर्षको पुस मसान्तसम्ममा करिब ३ अर्व ६३ करोड निक्षेप परिचालन गरि ३ र्अव ४८ करोड कर्जा प्रवाह गरेको छ ।

काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको बैङ्कले अहिले थप तिनवटा शाखा कार्यालयहरु स्थापना गरेको छ । बैङ्कले विराटनगर, बुटवल र काठमाण्डौको न्युरोडमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको हो । यससगै बैङ्कको अहिले ११ वटा शाखा कार्यालयहरु पुगेका छन् । हाल बैङ्कलै ए विविएस, एटिएम कार्ड, एसमएस बैङ्ककिङ्क  तथा इन्टरनेट बैङ्ककिङ्क  जस्ता आधुनिक सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

कमेन्टहरु
Loading...