सुनचाँदीको मूल्य स्थिर

काठमाडौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ।

शुक्रबार सुन–चाँदीको भाउ कुनै फेरबदल भएको छैन। शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि प्रतितोला छापावाल सुन  १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो।

शुक्रबार चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। बिहीबार पनि तोलाको १ हजार ४२५ रुपैयाँमै चाँदी कारोबार भएको थियो। यो दिन चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको थियो।

कमेन्टहरु
Loading...