माओवादी बैठकमा पहिलो दिन १८ जनाले राखे धारणा

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्।

 

प्रज्ञाभवन कमलादीमा सुरु बैठकमा बोल्ने अधिकांस सदस्यले पार्टीलाई जिवन्तता दिन संगठन सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए।

 

केहि सदस्यले नेतृत्व चयनमा भएको एकाधिकारका विषयमा पनि प्रश्न उठाएको एक नेताले बताएका छन्। आठौं महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहालले आफूखुशी पदाधिकारी चयन गरेकोमा सदस्यले असन्तुष्टि जनाएका छन्।

 

उनीहरूले पार्टीलाई सही ढंगले चलाउने हो भने सबैले नेतृत्वले चुनावको सामना गर्न तयार हुनुपर्ने सुझाव दिएका थिए। सदस्यहरूले निर्धक्क र निर्भयका साथ आफ्ना धारणा राख्न सहज हुने भएकाले पनि बैठक लाइभ नगरिएको माओवादीको भनाई छ ।

 

यसअघि अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमा जनतासँग जोडिन तीन महिने अभियान संचालन गर्ने, आगामी मंसिरमा पार्टीको विधान सम्मेलन गर्ने लगायत प्रस्ताव गरिएको छ । माओवादीको बैठक आगामी ५ दिनसम्म चल्ने बताइएको छ।

कमेन्टहरु
Loading...