युवा पत्रकार सिग्देल सम्मानित

पोखरा, २८ माघ। पोखरामा आइतबार पोखराका युवा पत्रकार नवीन सिग्देललाई सम्मान गरिएको छ।ब्राहमण समाज नेपाल कास्की महायज्ञ मुल समारोह समितिले उहाँलाई सम्मान गरेको हो। ब्राहमण समाज नेपाल कास्कीले पोखरामा आयोजना गरेको श्रीमद्भागवत् सप्ताह तथा धन धान्याञ्चल विराट ज्ञान महायज्ञलाई सभ्य र भव्य बनाउन पत्रकारिताको माध्यमबाट महत्वपर्ुण्ा योगदान पुर्‍याएकोभन्दै उहाँलाई सम्मान गरिएको हो। उहाँलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

महायज्ञका मुख्य वाचक युवा पण्डित कमलनयन गौतम, ब्राहमण समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारी, महायज्ञ मुल समारोह समितिका संयोजक भेषराज लम्साल र महासचिव एवं प्रवत्ता विश्वमोहन पौडेलले संयुक्त रुपमा उहाँलाई सम्मान गर्नुभएको थियो।१२ वर्षेखि पोखरामा रहेर पत्रकारितागर्दै आएका युवा पत्रकार सिग्देल हाल आदर्श समाज दैनिकका प्रमुख समाचारदाता हुन्।महायज्ञको सोमबार औपचारिक समापन गरिदैछ। महायज्ञमा आज पनि भक्तजन र दानवीरको उल्लेख्य सहभागिता रहेको प्रचार प्रसार समितिका संयोजक बलराम ढुगानाले जानकारी दिए।

कमेन्टहरु
Loading...