बेलायतमा कृत्रिम मानव तयार

लन्डन, माघ २८ – बेलायतले मानिसको वास्तविक प्रकृतिको निकै निकट कृत्रिम मानव तयार गरेको छ । क्लोनलाई पछि पार्दै यो साढे ६ फिट अग्लो यन्त्रमानवको निर्माणमा १ मिलियन डलर खर्च भएको छ  ।

संसारको यो पहिलो बायोनिक मानवको नाम ‘रेक्स’ राखिएको छ । यसमा १८ कम्पनी र युनिर्भसिटीको मिहिनेत छ । स्थानीय साइन्स म्युजियममा यसको अनावरण गरिएको छ, जहाँ ११ मार्चसम्म प्रदर्शनका लागि राखिने

छ । खैरो आँखा भएको यो यन्त्र दुरुस्त मान्छेझैं देखिन्छ । रेक्सको अध्ययनपछि शरीरको काम नलाग्ने अंगलाई परिवर्तन गर्नमा पनि सहयोग मिल्ने छ । कृत्रिम अंग र रगतको सहयोगले यो बनाइएको हो । यो अविस्कारपछि मानवद्वारा तयार गरिएको कृत्रिम अंगहरूलाई शरीरमा प्रत्यारोपण गर्न सक्ने आशा बढेर गएको छ । cp.

कमेन्टहरु
Loading...