वीर अस्पतालमा थपिए नर्स

काठमाडौं। लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ ।

 

लोकसेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्स मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ । बाकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघीय अस्पतालमा खटाएको छ ।

 

नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शैय्याको आईसियू सञ्चालन गर्न सकेको छैन् ।  यति ठूलो संख्यामा नर्सहरूलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलो पटक हो ।

 

नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानवीय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको बताए ।

 

सेवाका हिसापले नर्सिङ जनशक्ति दोश्रो भगवान नै भएको बताउँदै गरिव र विपन्न विरामीको उपचारलाई सेवाको रुपमा लिएर अगाडि बढ्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । नर्सिङ जनशक्तिलाई भविश्यमा उपयुक्त अवसर दिने काममा स्वास्थ्य मन्त्रालय पछि नपर्ने मन्त्री बस्नेतले बताए ।

 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल, देवकुमारी गुरागाई लगायत अतिरिक्त सचिवहरु र मन्त्रालयका अधिकारीको उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...