इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलको जीत

माघ २८ । इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएका खेलमा चेल्सी र आर्सनल विजयी भएका छन् । लण्डन क्लव चेल्सीले विगान एथ्लेटीकलाई ४-१ ले हरायो । चेल्सीको जीतमा रामिरेज, एडीन हाजार्ड, फ्राङ्क लाम्पार्ड र मार्को मारीनले एक एक गोल गरे ।

गएराती भएको अर्को खेलमा अर्सनलले सन्डरल्याण्डलाई एक शुन्यले हरायो । आर्सनलको लागि सान्टी काजोर्लाले निर्णायक गोल गरे । लिग तालीकामा दोस्रो स्थानको म्यान्चेस्टर सिटीभने गएराती साउथह्याम्पटनसँग ३-१ ले पराजित भएको छ ।

यसैगरी टोटनह्यामले न्युकासल युनाईटेडलाई तथा स्टोक सिटीले रिडिङलाई २÷१ ले हराएका छन् । स्वान्सी सिटीले क्विन्स पार्क रेन्जर्स क्युपिआरलाई ४-१ ले हराँउदा नर्वीच सिटी र फुल्हमले गोलरहित बराबरी खेलेका छन् । cp.

कमेन्टहरु
Loading...