रोहन र बिनाको ‘मायाले बोलेको’ सार्वजनिक

पोखरा । निर्देशक तथा मोडल रोहन नेपालीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युट्युबमा सार्वजनिक भिडियोलाई रोहन आफैँले निर्देशन गरेका हुन् । भिडियोमा उनले मोडल बिना राउतसँग स्क्रिन शेयर गरेका छन् । दीपक लिम्बु र अस्मिता अधिकारीको युगल गायन रहेको गीत शिशिर जय खरेलको शब्द र संगीत रहेको छ ।

‘प्रेमी र प्रेमिकाबीचको रोमान्टिक क्षणहरूलाई भिडियोमा समेटेका छौँ। पोखरा आसपास छायाङ्कन भएको भिडियो दर्शकहरूले रुचाउनुहुनेछ भन्ने विश्वास छ,’ निर्देशक तथा मोडल रोहनले भने ।

रोजन ढकालले निर्माण गरेको भिडियोलाई दिपेश केसीले खिचेका हुन् ।

कमेन्टहरु
Loading...