पोखरा ८ मा जेष्ठ नागरिक मञ्च पुर्नगठन

पोखरा । पोखरा ८ मा जेष्ठ नागरिक मञ्च पुर्नगठन सम्पन्न भएको छ । वडा नं ८ मा रहेका जेष्ठ नागरिकहरुको भेला गरेर अनुभव आदान प्रदान गर्दै मञ्चको पुर्नगठन भएको हो ।

भेलाले शिव प्रसाद चालिसेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मतले चयन गर्यो । जस्को उपाध्यक्षमा नारायण सुवेदी, सचिवमा राम बहादुर केसी,कोषाध्यक्षमा त्रिभुवन शर्मा , सदस्यहरु बुद्धि बहादुर गुरुङ , यादव चन्द्र भुर्तेल, सन्तमाया गीरी, विजया लक्ष्मी आचार्य, बुद्धि बहादुर कुँवर,गिता गिरी, मैया गिरी, अमृत मर्सानी, जानुका चालिसे र जगन्नाथ गिरी रहेका छन् । नयाँ कार्यसमितिलाई वडा नं ८ का वडा सदस्य गोविन्द बरालले टिका लगाई बधाई तथा शुभकामना दिदै प्रतिवद्धता गराए ।

कार्यक्रममा बोल्दै वडा नंं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले जेष्ठ नागरिकलाई समाजमा सम्मानका साथ जिउने वातावरण बनाउनु पर्ने बताए । जेष्ठ नागरिकलाई सरकारको तर्फबाट विभिन्न सेवा सुविधाको व्यवस्था गरेको बताउदै जेष्ठ नागरिकको योगदानको सम्मानका गर्र्दै उनिहरुको अनुभवबाट पाठ सिक्दै समाज निमार्णमा लाग्नु पर्ने बताए । ६० वर्ष उमेर पुगेका विपन्न जेष्ठ नागरिकको वडाले नै स्वास्थ्य विमा गरिदिने बताए ।

अधिवक्ता दुर्गा कोइरालाले जेष्ठ नागरिकका अधिकारका विषयमा जानकारी दिदै भजन चुट्का सुनाएर मनोरञ्जन गराए । कार्यक्रमा वडा नंम्बर ८ का महिला सदस्य पवित्रा केसी , वडा सचिव सविता ढुङ्गाना लगायतले मन्तव्य राखे ।

यस अघि जेष्ठ नागरिक मञ्चका अध्यक्ष विष्णु कुमार श्रेष्ठ (अल्पविराम) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन कोषाध्यक्ष नारायण सुवेदीले गरेका थिए ।

कमेन्टहरु
Loading...