पोखरा । स्थानीयस्तरमा महिला हिंसा सम्बन्धि मुद्दा र न्यायिक निरुपण विषयमा बिहिबार पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङसँग पोखरा महानगरपालिकाभित्रका बिभिन्न बिद्यार्थीहरुको सवाल जवाफ तथा अन्तरसंवाद सम्पन्न भयो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा र गण्डकी बहुप्राविधिक शिक्षालयले कार्यक्रम आयोजना गरेको हो । स्थानीय सरकारको न्यायिक निरुपण प्रक्रिया र न्यायिक समितिका काम का बारेमा उच्च माध्यमिक तहका विद्यार्थीलाइ सुसूचित गराउनु कार्यक्रमको उद्देश्य हो ।
अन्तरसंवादमा बिद्यालयका छात्राहरु सहभागि थिए । पोखरा सभागृहमा भएको उक्त अन्तरसंवादमा भाग लिनकालागि पोखरा भित्रका करिव एक दर्जन भन्दा बढि बिद्यालय र कलेजबाट बिद्यार्थीहरु आएका थिए ।
पालिकाहरुमा उपप्रमुखको भूमिका महत्वपुर्ण हुने र कानुनलेनै तोकेका वा अतिरिक्त समेत गरि धेरै थरिका जीम्मेवारी बहन गरिरहेका उपप्रमुखले बिद्यालयका बिद्यार्थीका गुनासा पनि सुन्नुपर्ने मान्यतामा यो अन्तरसंवाद गरिएको गरिएको गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सनाले बताए ।
यस अघि गत फागुनमा प्राविधिक शिक्षाका विषयमा मेयेरसँग बिद्यर्थाी अन्र्तसंवाद भएको थियो । । स्थानीय सरकार संचालन ऐन २०७४ ले हरेक पालिकाका उपप्रमुखलाइ न्यायिक समति, राजस्व परामर्श समिति, योजना प्राथमिकिकरण समिति र सामाजिक विकास समितिको संयोजकको जिम्मेवारी सुनिश्चित गरेको छ । यसका अतिरिक्त, पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवि गुरुङ बाल संरक्षण समिति संयोजक समेत छिन् ।
अन्तरसंवादमा सहभागित छात्राहरुले, सामाजिक रुपमा महिला प्रतिको परम्परागत सामाजिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने, टिकटक लागायत सामाजिक संजाल मार्फत किशोरी हरु प्रति दुव्र्यवहार निगरानी गर्नुपर्ने, विद्यालयका शिक्षकहरुबाट किशोरीहरुलाइ यौनजन्य हिंसा भएमा कडा कार्वाहि तथा निगरानी गर्नुपर्ने, किशोरीहरुलाइ घर परिवार लगायत बिद्यालयमा बिना तनाव पढ्न लेख्न पाउने अधिकार सुनिश्चत गर्नुपर्ने लगायतका प्रश्न तथा सुझाव प्रस्तुत गरेका थिए ।
अन्तरसंवादका क्रममा कार्यक्रमका मुख्य वक्ता पोखरा महानगपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले न्याययिक समिति लगायतका विभिन्न समितिको संयोजकको रुपमा जीम्मेवारी वहन गर्ने क्रममा स्थानीयस्तरका महिला, उनिहरुका समस्या र अवसरहरुका विषयमा बोलेकी थिइन् । उनले महानगरपालिकाका हरेक शाखाका कामहरु न्यायिक समति र योजना शाखासँग प्रत्यक्ष अप्रत्यक्ष संबन्धित हुने भन्दै महिला, बालबालिका र विशेषगरि छात्राको हक अधिकार सुनिश्चत गर्न आँफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
सञ्चारकर्मी तथा अध्यापक स्मीता अधिकारीले उक्त अन्तरसंवादको सहजीकरण गरेकी थिइन् । पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्षमण तिमिल्सीना, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटिका प्रमुख दामोदर देवकोटा, पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्र प्रमुख नवराज अधिकारी लगायतको उपस्थीतिमा उक्त अन्तरसंवाद भएको हो । कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षीकाको प्रतिनिधित्व गर्दै करुणानिधि एजुकेशन फाउण्डेशनका प्राचार्य डिल्लीराम अधिकारीले बोलेका थिए । कार्यक्रमको समापन गण्डकी बहुप्राविधिक शिक्षालय सञ्चालक समति सदस्य प्राडा सरस्वती न्यौपानेले गरेकी थिइन् ।