नेपाल–भारत कार्गो रेल सेवाको उद्घाटन

नयाँ दिल्ली । भारतको भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झण्डा देखाएर नेपाल–भारत कार्गो रेल सेवाको उद्घाटन गरिएको छ ।

 

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झन्डा देखाएर कार्गाे रेल सेवा उद्घाटन गरेका हुन् ।

 

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

योसँगै अब भारतबाट नेपालमा कार्गोमार्फत सामान ल्याइनेछ । साथै बथनाहबाट पहिलोपटक कार्गो बोेकेको रेल विराटनगरको कस्टम यार्डमा आइसकेको छ ।

कमेन्टहरु
Loading...