पोखरा भलामका किसानलाई माहुरी घार वितरण

पोखरा / पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालयले ६४ जना किसानहरुलाई माहुरीको घार वितरण गरेको छ।  सोमबार पोखरा २० भालाममा आयोजित एक समारोहका बीच वडाध्यक्ष गंगाबहादुर केसी र पोखरा महानगरपालिकाको कृषि शाखा प्रमुख मनोहर कडरियाले संयुक्त रुपमा किसानहरुलाई माहुरीको घारा वितरण गरेका हुन्।

उक्त अवसरमा वडाध्यक्ष केसीले किसानहरुलाई कुनै समस्या परेको खबर पाए तुरुन्त प्राबिधिक सम्बन्धित फिल्डमा नै खटाएर समस्या समाधानको पहल गर्ने बचन दिए।  उनले किसानहरुले उत्पादन गरेको मह तथ् घर वडा कार्यलयले नै बजार ब्यबस्थापनको जिम्मा लिने बचन दिए।

सोहि अवसरमा पोखरा महानगरपालिकाको कृषि शाखा प्रमुख मनोहर कडरियाले दुई-चार पैसाको लोभमा बाहिरी जिल्लाबाट ल्याइएका माहुरी खरीद नगर्न अनुरोध गर्दै त्यसरी खरीद गरिएका माहुरीको हावापानी नमिल्ने भएको हुँदा माहुरी मारेर क्षति हुनसक्ने चेतावनी दिए।
उनले पोखराको हावापानी सुहाउदो माहुरी पाल्न सजिलो होस् भनेर पोखरा महानगरको कृषि शाखाले पोखराकै किसानहरुले उत्पादन गरेका माहुरी घार बितरणमा जोड दिइएको उनले जानकारी दिए।

पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालयले आउदो जेठ २५ गते एक समारोहका बिच सोही वडाको मौजामा त्यहाँका किसानहरुलाई पनि माहुरीको घार वितरण गर्ने कार्यक्रम तय भएको वडाध्य्क्ष केसीले जानकारी दिए।

कमेन्टहरु
Loading...