पोखरा महानगरको गाडीलाई नियन्त्रण लिन खोज्दा पक्राउ परेका सातै जना थुना मुक्त

पोखरा । पोखरामा सिमसार क्षेत्रबाट शनिबार दिउसो एक टिपरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पोखरा महानगरपालिका वडा नं. २४ स्थित सिमसार क्षेत्रमा निर्माण कार्यमा संलग्न रहेको ग१झ ३२० नं. को पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त स्थानमा माटो लोड भएको टिपरलाई महानगर प्रहरीद्वारा नियन्त्रणमा लिन खोज्ने संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरि अनुसन्धान प्रकृया अगाडी बढाएको थियो ।

आज (आइतबार) उनीहरुलाई आफन्तको रोहबरमा प्रहरीले थुनामुक्त गरेको छ । अन्य थप विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...