नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई

 

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भनिएका बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् ।

यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

भेटवार्ताको तस्बिरसहित उनले आफूहरुबीच दुई देशबीचको  गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको र आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाइएको जानकारी दिएका छन् ।

१७ जेठबाट प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने भनिए पनि यसको औपचारिक रुपमा मिति सार्वजनिक गरिएको छैन ।

कमेन्टहरु
Loading...