प्रधानमन्त्री बन्न प्रधानन्यायाधीसको नाम सिफारीष नेता – परि थापा

पोखरा, २८ माघ/नेपाल कम्यूनिष्ट पार्टर्ीीकीकृतका नेता परी थापाले एमाले र कांग्रेसको प्रतिगमन क्रियाकलापले गर्दा अहिलेको सरकारको आयू लम्बिएको वताएका छन् । वर्तमान सरकारको प्रतिपक्ष भन्ने दलहरु एमाले र कांग्रेसले सडकबाट सत्ताचुत गर्छर्ुुन्दै प्रतिगमनको कदम वढाइरहेको उनको भनाइ थियो । नेपाल कम्यूनिष्ट पार्टर्ीीकीकृतले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले एमाले र काग्रेसले सहमतिको आधार तय नगरी सडक आन्दोलन गर्नु भनेको सरकारको आयू लम्ब्याउने काम भएको बताए ।

सडक आन्दोलनबाट मुलुकले निकास नपाउने भन्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सहमतिय सरकार निर्माण गरी चुनव सम्पन्न गर्न सकिने उनको भनाई थियो । बिगठीत संविधान सभाको चुनावमा एमाओवादी ठूलो दल भएका कारण अवको चुनाब पनि माओवादीको नेतृत्वमा भए आफुहरुलाई मान्य हुने उनको भनाइ थियो ।

एमाओवादी अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्रि हुनका लागी वेला वेलामा विभिन्न बिकल्पहरु प्रस्तुत गर्ने गरेको बताउदै प्रधानन्यायाधीसलाई प्रधानमन्त्रि बनाउने कुरामा पनि त्यही अनुरुप आएको बताए । उनले सोझो हिसावले भन्न नचाहेपनि हामीले बुझेका छौ उनको तार्त्पर्य भनेको आफ्नो नेतृत्वमा सहमतिय सरकार निर्माण गरी चुनावमा जाने हो ।

पत्रकार सम्मेलनमा आगामी चैत्र २० देखि पोखरामा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए । माघको अन्तिम साता हुने भनिएको भएतापनि पार्टर्ीीत्रको आन्तरिक कारणले गर्दा राष्ट्रिय सम्मेलन पछि सारेको कास्कीका नेता केश वहादुर परियारले वताए ।

 

 

कमेन्टहरु
Loading...