किसानमुखी पशु सेवा प्रदान गर्न मन्त्रालयमा सुझाव पत्र पेश

नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशले आगामी आर्थिक वर्ष ८०र८१ को लागि भेटेरिनरी पेशाको सुदृढिकरण तथा किसानमुखी पशु सेवा प्रदान गर्न कृषि तथा पशुपन्छी विकाश मन्त्रालयमा सुझाव पत्र बुझाएको छ।

संघिय संरचना अनुसार ‘एक पालिका, एक पशु चिकित्सक’ कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न, किसानको लागि पशु चिकित्सक, नयाँ प्रविधिसंग भेटेरिनेरियन, मानव स्वास्थ्यको लागि भेटेरिनेरियनको जिम्मेवारी कार्यक्रम सहित ८ बुँदे सुझाव पत्र मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेलाई बुझाएको नेपाल भेटेरिनरी एशोसिएसन, बागमती प्रदेशका सचिव डा। पवन आचार्यले बताए ।

उक्त सुझाव पत्र बुझ्दै सचिव डा.पाण्डेले स्वस्थ पशुजन्य उत्पादन, पशु रोगको नियन्त्रण तथा रोकथाममा नेपाल भेटेरिनरी एशोसियसनको प्रभावकारी भूमिका रहेको बताउदै कृषि तथा पशुपन्छी विकाश मन्त्रालय र नेपाल भेटेरिनरी एशोशियसन बागमती प्रदेशले किसानमुखी कार्यक्रममा सहकार्य गरि अगाडी बढ्ने बताए ।

कमेन्टहरु
Loading...