अरण्यज्योति कपमा ग्रुप ‘बि’ को खेल शुरु

पोखरा । अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा बिहीबारदेखि ग्रुप ‘बि’तर्फको खेल शुरु भएको छ । बिहीबारको खेलमा साँग्रिला क्रिकेट क्लव र पल्सर सिइसी विजयी भएका छन् ।

पहिलो खेलमा साँग्रिलाले पेलिक्याण्टस् क्रिकेट क्लव, तनहुँलाई १४ रनले पराजित ग¥यो । टस हारेर व्याटिङ गरेको साँग्रिलाले १८.२ ओभरमा पुरा विकेट गुमाएर १ सय २ रन बनायो । साँग्रिलाको तर्फबाट राजु खनालले ३२ तथा विपिन खत्री र शरद भेषावकरले समान १८ रन जोडे । तनहुँको बलिङमा चन्द्रकान्त पौडेलले ४ तथा प्रदीप अर्याल, कमल परियार र इशान पाण्डेले दुई दुई विकेट बाँडे ।

जितका लागि १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा तनहुँको टोली १९.४ ओभरमा ८८ रनमै खुम्चियो । तनहुँको व्याटिङमा नविन यादवले १९ तथा कृष कार्कीले १५ रन बाहेक अन्य व्याट्स्मायनले दर्शनिय प्रदर्शन गर्न सकेनन् । खेलमा म्यान अफ द म्याच भएका साँग्रिलाका बलर कृष्ण कार्कीले ३ विकेट लिए । त्यस्तै सिब्रिन श्रेष्ठले पनि ३ तथा नारायण जोशिले २, विपिन खत्री र शरद भेषावकरले एक एक विकेट लिए ।

अर्को खेलमा सिइसीले राइजिङ पोखरालाई ६ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको राइजिङ पोखराले १४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । जसमा सन्दीप खत्रीले २९ तथा अनिल गुरुङ्गले ९ रन हाने । म्यान अफ द म्याच सिइसीका सुवास खत्रीले ४ विकेट लिदै पोखराको व्याटिङ लाइनअप कमजोर पारे । त्यस्तै, अविनास बस्यालले ३ तथा किरण चन्दले २ विकेट लिए ।

६० रनको सानो लक्ष्य पाएको सिइसीले १६ औं ओभरमा ४ विकेट गुमाएर जित हाँसिल ग¥यो । सिइसीका लागि बिराट भण्डारीले अभिजित ३४ रन बनाए । पोखराका बलरहरु धिरज शाही ठकुरीले २ तथा करण केसी र कृष्ण पौडेलले एक एक विकेट लिए ।

कमेन्टहरु
Loading...