विकासका लागि एमाले नै आवश्यकः खगराज अधिकारी

पोखरा । देश विकासका लागि नेकपा एमाले नै आजको आवश्यकता रहेको नेकपा एमाले स्थायी कमिटी सदस्य, संगठन विभाग प्रमुख एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले बताएका छन् ।

नेकपा एमाले कास्कीले आयोजना गरेको मदन आश्रीत ३० औं स्मृति दिवसको अवसरमा अधिकारीले देशले विकासको फड्को मार्न एमाले नै आवश्यक रहेको बताएका हुन् ।

‘देशै भरी एमालेको बिरोध भए पनि बिकासका लागि एमाले नै आवश्यक छ ।’ – उनले भने ।

मदन भन्डारीको अनुयायी केपि शर्मा ओली भएकोले नै देशलाई एक जुट बनाइ संविधान संसोधन गरि नेपालको नक्सा परिवर्तन गरि गुमेको जमिनलाई नक्सामा समेट्न सफल भइएको अधिकारीको भनाई थियो ।

साथै नक्कली भुटानी सरणार्थी प्रकरणतर्फ इन्कित गर्दै नेता अधिकारीले एमालेमा बस्नेहरुलाई भ्रष्टाचार गर्ने छुट नभएको बताए । ‘भ्रष्टाचार विरुद्धको अभियान चलाउने नेकपा एमाले नै भएकोले भ्रष्टाचार गर्ने छुट कसैलाई छैन ।’ –उनले भने ।

मदन आश्रीत ३० औं स्मृति दिवस नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम गरि मनाइएको थियो ।

 

कमेन्टहरु
Loading...