गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा शर्मा नियुक्त

पोखरा / गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् ।

प्रदेश खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव तेजबहादुर गुरुङ उमेर हदका कारण गत कात्तिक २४ गते पदमुक्त भएपछि प्रदेश सरकारले नयाँ नियुक्ति प्रक्रिया थालेकोमा शर्मालाई नियुक्त गरिएको हो ।

गुरुङ स्वतः पदमुक्त भएको करिब २ महिनापछि पुस ६ गते सरकारले सदस्य सचिव पदका लागि दरखास्त आह्वान गरेको थियो । तर पटक-पटकको दरखास्त आह्वान विवादित बन्दै आएको थियो ।

कमेन्टहरु
Loading...