सबै संगठन एक भए मात्र मजदुरको माग पुराहुने ः मजदुर नेता

पोखरा, २७ माघ/विभिन्न दल निकटमा मजदुर नेताहरुले मजदुर संगठनहरु एक नभए सम्म मजदुरहरुको माग पुरा नहुने वताएका छन् । नेपाल यातायात मजदूर संघ कास्कीको आज पोखरामा सम्पन्न छैटौँ जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै एकिकृत नेकपा माओवादि, नेपाली काँग्रेस, नेकपा एमाले लगायत राजनितिक दल निकटका मजदुर संगठनका नेताहरुले देशको यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको हक अधिकारको लागि पटक पटक भएका आन्दोलनहरु पुरा नभएकाले अव सबै संगठनहरु एक हुनुको बताएका हुन् ।
कार्यक्रममा नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष अजय राईले यातायात मजदुर तथा स्वरोजगार व्यवसायीहरुको अधिकार स्थपित गर्न सबै मजदुर संगठनहरु एक भएर गरेको आन्दोलनबाट प्राप्त उपलब्धी मजदुर संगठन एक हुन नसकेर नै अहिले सम्म पुरा हुन नसकेको वताए । त्यसैगरी ट्याक्सी व्यवसायी समितिका संयोजक गान्धीराज गिरीले नेपालका मजदुरहरुको लागि देशमा भएको कुनै पनि परिर्वतनले संबोधन नगरेको बताउँदै यातायात क्षेत्रलाई व्यवस्थीत बनाउन सरकारले स्पष्ट निति र मापदण्ड ल्याउनुपर्ने जोड दिए ।

कार्यक्रममा नेपाल यातायात मजदुर संघका केन्द्रिय सल्लाहाकार मुरारी शर्माले मजदुरका अधिकार व्यवहारमा लागू गर्ने वेला आएको वताए । अखिल नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष सूर्यमणि लामिछानेले प्रहरी प्रशासनबाट अशिक्षित सवारी चालकलाई फसाउने काम भईरहेको आरोप लगाए । अर्का वक्ता नेपाल यातायात स्तन्त्र मजदुर संगठन कास्कीका अध्यक्ष विष्णु केसीले देशका ठूला ठूला नेपालहरु मजदुर संगठनमा आबद्ध भएर नै देशका प्रमुख र कार्यकारी प्रमुख समेत रहेकाले उनिहरुले मजदुरका माग पुरा गर्न सक्नुपर्ने जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रसका नेता शुक्रराज शर्मा, शससस्त्र प्रहरी बल कालीका गणका गणपति शम्भू उप्रेती, पोखरा बस व्यवासायी समितिका अध्यक्ष देउप्रसाद गुरुङ, पृथ्वीराजमार्ग बस संचालक समितिका सचिव योगेन्द्र केसी, स्थनीय श्रृञ्गा यातायात व्यवसायी समितिका अध्यक्ष केदार पौडेल लगायतले यातायात क्षेत्रमा मजदुरहरुले आफ्नो दायित्व र अधिकारको कुरालाई संगसंगै लैजानुपर्नेमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...