तेश्रो संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु उद्घाटन खेलमा आयोजक संगम बीको विजयी सुरुआत

पोखरा २७, माघ/संगम क्लबको आयोजनामा आज देखि पोखरामा तेश्रो संकरणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक संगम क्लब बीले जित हासिल गरेको छ । भद्रकालि मन्दिरको परिसरमा रहेको माछापोखरी खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक संगम बीले एल्जी एसोसीयसन सीलाई ३–० को गोल अन्तरले पराजीत गरी विजयी सुरुआत गरेको हो ।

संगमको जितमा सुरज थापा, दिनेश सेरचन र विकास गुरुङले एक एक गोलको योगदान दिए । खेलमा संगमका सुरज थापा प्लेयर अफ दी म्याच घोषित भए । निकै प्रतिष्पर्धामा सम्पन्न भएको दोश्रो खेलमा विटि गाईजले मोवाईल क्लबलाई टाईब्रेकरमा २–० को गोल अन्तरले पराजीत गरेको छ । तेश्रो खेलमा युनाईटेड क्लवले युथ स्टेप एफसीलाई फराकीलो अन्तर शुन्यको बिरुद्ध ११ गोल बर्षाउदै जित दर्ता ग¥यो ।

प्रतियोगितामा पश्चिमपृतना अड्डा, सशस्त्र प्रहरी वल (एपिएफ) दुई विभागिय सहित ४७ टोलीको सहभागिता रहेको क्लबका सचिव एवम प्रतियोगिताका संयोजक विवेक गुरुङले बताए । प्रतियोगितामा विजेता टोलीले ७६ हजार उपविजेताले ४० हजार ट्रफी मेडल साथमा प्रमाणपत्र वितरण प्राप्त गर्ने छ । पुरस्कारको राषि सेभेन ए साईड खेलमा सर्वाधिक भएको आयोजकले दाबी गरेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक बरिष्ठ सल्लाहकारहरु शंकर गु्रप हङकङ रहेको छ । प्रथम पुरस्कारको प्रायोजक छीरीङ गुरुङ लामाले प्रयोजन गरेका छन भने दोश्रो पुरस्कारको प्रायोजन संगम युकेको टोलीले उपलब्ध गराउने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । म्यान फ दी म्याचको ट्रफी भने पोखराको विशाल बजारमा रहेको अंकीत स्पोटर्सले प्रयोजन गरेको छ ।

क्लबले खेलको विकास गर्दै युवाहरुलाई खेलकुदमा पे्ररित गर्न पनि प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गर्दै आएको क्लवका अध्यक्ष मणिप्रसाद गुरुङले बताए । फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघ कास्कीका अध्यक्ष खेमबहादुर गुरुङले रेफ्रि सुसिल केसीलाई बल हस्तान्तरण गरी गरेका हुन ।

उक्त अवसरमा सहारा हङकङबाट १० हजार, सहारा युकेका लालकाजी गुरुङले १० हजार सहयोग गरेका छन । रेफ्रि दिपेन्द्र कार्कीले एक थान वल समेत हस्तान्तरण गरे । क्लबका बरिष्ठ सल्लाहकार दिपक तामाङले युवाहरुलाई विकृतिबाट मुक्त गराउन यस्ता खेलहरु सघाउने बताए । क्लवका अध्यक्ष मणिप्रसाद गुरुङको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको थियो ।

कमेन्टहरु
Loading...