सान फ्रान्सिस्को सहरमा दि एक्स ब्याण्डकाे शो

सान फ्रान्सिस्को । नेपालको प्रख्यात रक ब्यान्ड ” दि एक्स” ले आफ्नो स्थापनाको ३०औ वार्षिक उत्सवको अवसर पारेर अमेरिका टुर गर्न लागेको छ। यस टुर अन्तर्गत पहिलो कन्सर्ट सान फ्रान्सिस्को सहरको “रकपुल्को” क्लबमा हुन गईरहेको हो।

विन्दास टोलि – वुई द हेल्पिङ्ग़ ह्यान्ड्सको आयोजनामा क्रिसमसको मौका पारेर डिसेम्बर २३ तारिख, शुक्रबार “दि एक्स” ब्यान्डको लाइभ कन्सर्ट हुन लागेको हो। एक्स व्याण्ड सन् १९९२ मा स्थापना गरिएको व्याण्ड हो भने यसका धेरै गीतहरुलाई नेपाली संगीत पारखीहरुले मन पराएका छन् । व्याण्डमा शिव मुखियासहित, सजल राजभण्डारी र सुरेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।

“एउटा चिठिको सहाराले” , “लुक्न देउ”, “चिया बारिमा”, “ठाडो जाने उकालो”, “म आऊदै छु”, जस्ता हिट नम्बर दिएको “दि एक्स ब्यान्ड”को लाइभ कन्सर्टको तयारि भइरहेको र आयोजक पक्षले सेक्युरिटि सुरक्षामा विशेष ध्यान दिएको कार्यक्रम संयोजक विशाल कार्कीले जानकारि दिए। यस लाइभ कन्सर्टमा सान फ्रान्सिस्को बे एरियाकै लोकल नेपाली ब्यान्ड “प्रोजेक्ट टी” र “सात पञ्चा नब्बे” को ओपनिङ प्रस्तुति रहने छ भने होस्टमा अनुपमा पुरी र डी जे एस बाबुको सांगितिक मनोरन्जन समेत हुनेछ। “दि एक्स” ब्यान्डलाई प्रत्यक्ष सुन्न विभिन्न चरणको टिकट राखिएको छ। टिकट बिक्रिबाट कार्यक्रममा बचेको रकमको केहि प्रतिशत नाफा विन्दास टोलीको आफ्नो “स्टडी बडि” प्रोजेक्ट अन्तर्गत नेपालको विकट क्षेत्रमा रहेका विपन्न परिवारका वालवालिकाको शिक्षामा प्रयोग गरिने विन्दास टोलीकी कोर मेम्बर सुनिता धितालले बताइन।

अनलाइन टिकट खरिद गर्न यो लिन्क प्रयोग गर्नुहोसः https://thingsnepali.com/axe-band विन्दास टोली सान फ्रान्सिस्को बे एरियामा रहेका नेपाली युवाको जमात हो। यस टोलिले सन २०१५ देखि बे एरियामा विभिन्न मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ र ति कार्यक्रमहरुबाट बचेको रकमको अशं नेपालमा विपत व्यवस्थापन, महामारिको समयमा आर्थिक सहयोग, मास्क वितरण, शिक्षा क्षेत्रमा सहयोग जस्ता कार्यहरु गर्दै आएको छ।

टोलीका कोर मेम्बर सुदिप थापा, विशाल कार्की, राजु भट्टराई, सुजन गैरे, र सुनिता धिताल मिलेर “दि एक्स”को लाइभ कन्सर्टलाई भव्य बनाउन लागिपरेका छन्।

कमेन्टहरु
Loading...