कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

२५ माघ, भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल विहीवार प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ३९ हजार ६ सय ७८ जना अर्थात् ७२ दशमलब ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षाफल परिषद्को बेवसाइटwww.hseb.edu.np मा हेर्न सकिन्छ ।

मौका परीक्षा यसपटक ५४ हजार ७ सय ३७ जनाले दिएका थिए । परीक्षामा चार जना परीक्षार्थीको परीक्षाफल स्थगित गरिएको छ भने एक जनाको रद्द गरिएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...