लेखनाथ महोत्सवको तयारी पुरा

पोखरा, २४ माघ/कृषि उत्पादनसँगै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजित लेखनाथ महोत्सवको नवौं सस्करणको तयारी पुरा भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सन्चालन हुदैछ । सघले आज पत्रकार सम्मेलन गरि महोत्सवको तयारी पुरा भएको  महोत्सव संयोजक सुमन भट्टराईले जानकारी दिए । महोत्सवमा कृषि, डेरी, खाना, अटो, हस्तकला, मेशिनरी, फुड एण्ड वेभरेज, गार्मेन्ट्स लगायतका सामानहरुलाई बाह्र दिने महोत्सवमा राखिने छ । तीन स्टल निर्माण भैसको र सबै बुकिङ भैसको बताए । महोत्सवमा साढे तीनलाख दर्शकले अवलोकन गर्ने विश्वास लिएका छौं’ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेको संयोजक भट्टराईले भने–२० करोड आर्थिक कारोबार हुने अपेक्षा रहेको बताए ।
त्यसै गरि महोत्सवमा राष्ट्रिय स्तरकाका लोक दोहोरी गायक गायीकाको प्रस्तुती, हास्य कलाकाहरुको प्रस्तुती, पप कन्सर्ट, रत्यौली प्रतियोगिता, युवा जोडी नृत्य प्रतियोगीता लगाएतका प्रस्तुती रहने छ । महोत्सव अवधिमा लेखनाथलाई प्रवद्र्धनात्मक कार्यक्रम गर्न विभिन्न प्याकेजको घोषणा समेत गरेको छ । होटल तथा रेष्टुरेण्टले १० प्रतिशत छुटको प्याकेज दिदाँ महोत्सवमा घोडा सयर गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई १५ प्रतिशत छुट दिने महोत्सव आयोजक लेखनाथ उद्योग वाणिज्य संघले बताएको छ । त्यसै गरि बेगनासतालमा डुङ्गा सयर गर्ने पर्यटकलाई समेत २० प्रतिशत छुट दिने निर्णय समेत गरिएको छ ।
महोत्सवस्थलबाटै घोडा सवार गरी बेगनासताल, रुपाताल तथा अन्नपुर्ण हिमश्रृखंलाको दृष्यावलोकन गर्ने पचभैयाको सुन्दरी डाडामा सयर गराईने छ । प्रसिद्ध रोयल ट्रेकलाई समेत प्रवद्र्धन गर्ने लक्ष्य लिईएको महोत्सव प्रचारप्रसार संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए । महोत्सवकै अवधिमा लेखनाथमा स्थानीयबासिन्दाले केवुल जडानमा समेत जडानशुल्क निशुल्क गरिएको संघका महासचिव बावुराम गिरीले बताए ।
लेखनाथ उद्योग वाणिज्य संघले २०६१ सालमा सुन्तला महोत्सवबाट महोत्सवको प्रारम्भ गरेको थियो । कृषिजन्य उत्पादनलाई बढावा दिने मुख्य उद्देश्य सहित आयोजित महोत्सवमा घरेलु तथा साना उद्योगहरु, हस्तकलाका सामानलाई विशेष प्राथमिकता दिईने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर ३ लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने अनुमान रहेको छ । महोत्सवको टिकटबाट बहुमुखी क्याम्पस र राष्ट्रिय स्थरको खेल आयोजनाका लागी एक एक रुपैया दमकल खरिद, परिषर विकास, राधाकृष्ण बृद्धाश्रम भवन निमार्ण र लेखनाथ सामुदायीक अस्पतालका लागी ५०÷५० पैसा छुट्टाएको छ ।

कमेन्टहरु
Loading...