अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको दशौं वार्षिकोत्सव, एक दशकमा साढे आठलाख पर्यटक

पोखरा, २३ माघ/ पोखराको पर्यटकीय केन्द्र विन्दु अन्तराष्ट्रिय पर्वतीय संग्रहालय स्थापनाको एकदशक पुरा भएको छ । एक दशक अवधिमा आठलाख ४१ हजार छ सय ३६ पर्यटकले पर्वतीय सग्रहालयको प्रत्यक्ष अध्ययन भ्रमण गरेका छन् ।आन्तरिक तथा बाह्य पर्यटकको भ्रमणबाट सग्रहालयले पाँच करोड ६७ लाख ९७ हजार आठसय १० रुपियाँ टिकटबाट आम्दानी गरेको तथ्यांक समेत नेपाल पर्वतारोहण संघको तथ्यांकमा उल्लेख छ । स्थापनाको तीनवर्षसम्म सञ्चालन घाटामा रहेको संग्रहालय चौथो वर्षदेखि मात्रै नाफामा गएको समेत संघले जनाएको छ ।
दशौं वार्षिकोत्सवको अवसरमा मंगलबार पर्वतीय संग्रहालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन सचिव शुुशिल घिमिरेले पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारले चासो देखाएको बताएका छन् । पोखरालाई पर्यटकीय गन्व्यवस्थाल बनाउन क्षेत्रीय विमानस्थल निर्माण अपरिहार्य रहेको उल्लेख गर्दै विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिए । क्षेत्रीय विमानस्थल निर्माणको लागि पोखराबासीले झण्डै दुईमहिना लामो समय रिले अनसन बसेका थिए ।

पुर्व मुख्य सचिव माधवप्रसाद घिमिरेले पर्वतीय संग्रहालयले हिमाल र हिमालीको जनजीवनको बारेमा प्रष्टयाउन सहयोग पु¥याएको बताउँदै अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा भ्यु टावर निर्माण गर्नुपर्नेमा जोड दिए । उनले पर्यटन प्रवद्र्धन केवल शहरी क्षेत्रमा मात्रै सीमित नहरी ग्रामीण क्षेत्रको पर्यटन सम्भाव्यताको अध्ययन गर्नुपर्ने खाँचो समेत औंल्याए ।

कार्यक्रममा विभिन्न छ जना पर्यटनकर्मीलाई सम्मान गरिएको थियो । सग्रहालयको स्थापना तथा विकासमा विशेष योगदान पु¥याएको भन्दै पर्यटनविद झलक थापा, दिनेश गुरुङ, हरिध्वज तुलाचन, कमलमान गुरुङ, लोपसाङ छिरिङ शेर्पा तथा विदेशी इनजोङ लिलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । नेपाल पर्वतारोहण संघका अध्यक्ष जाङ्वु शेर्पा तथा महासचिव दिवस विक्रम शाह लगायतले पर्वतीय संग्रहालयको स्थापनाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको बताए ।

कार्यक्रममा पर्वतारोहण संघ अन्नपुर्ण च्याप्टर पोखराका अध्यक्ष खड्गबहादुर रानाभाट, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टिकाराम सापकोटा, पोखरा पर्यटन परिषदका महासचिव चिरन्जिवी पोखरेल लगायतले पोखराको पर्यटन प्रवद्र्धनको लागि पर्वतीय संग्रहालयको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे ।

कमेन्टहरु
Loading...