प्रथम पश्चिम पृतना खुल्ला ह्याण्डवल रनिङ शिल्ड प्रतियोगिता हुने

ह्याण्डवल खेलको विकास गर्ने उद्धेश्यले साउन ३० देखि ३२ गतेसम्म पोखरामा प्रथम पश्चिम पृतना खुल्ला ह्याण्डवल रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला ह्याण्डवल संघ र पश्चिम पृतनाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको पश्चिम पृतनाले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, काठमाण्डौं, सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको संयुतm टोली, पोखराबाट ४ टोली सहित ८ टोलीको सहभागिता रहने पश्चिम पृतनापति भिक्टरजंग राणाले जानकारी दिए ।

प्रतियोगितामा विजेता टोलीले २५ हजार र उपविजेताले १५ हजार रुपैया साथमा ट्रफी मेडल प्रमाणपत्र पाउने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई जनहि ५÷५ हजार पुरस्कार प्रदान गरिने छ । पश्चिम पृतनाको हेड क्वाटर विजयपुर व्यारेकमा हुने प्रतियोगिता सम्पन्न गर्न १ लाख लाग्ने पश्चिम पृतनाले जनाएको छ ।

पश्चिमपृतनामा ह्याण्डवल मैदान, फुटवल मैदान, भलिवलका तीन वटा कोर्ट, टेनिस कोर्ट र विच भलिवल कोर्ट रहेको छ । आगामी तीन महिना भित्रमा सुइमीङ पुल निमार्ण गर्ने बताउदै पृतनापति राणाले भविश्यमा क्रिकेट पिच समेत बनाउने लक्ष्य रहेको बताए । नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष तथा दक्षिण एसियाली ह्याण्डवल समहासंघका उपाध्यक्ष तेजबहादुर गुरुङले ह्याण्डवल खेलको नेपालमा धेरै सम्भावना भएर पनि धेरै प्रतियोगिताहरु निरन्तर हुन नसकेको बताए ।

कमेन्टहरु
Loading...