प्रचण्ड लेण्डुप दोर्जे बन्दैछनः गजुरेल

काठमाडौ, माघ २४ – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सीमा विवादमा जनमत संग्रह गर्ने प्रस्ताव गरेर प्रचण्ड नेपाललाई सिक्किमीकरण गर्ने लेण्डुप दोर्जे बन्न खोजेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले सिक्किमलाई भारतमा विलय गराउने बेलामा लेण्डुप दोर्जे लगायतकाहरुले जनमत संग्रह गर्ने प्रस्ताव गरेको स्मरण गर्दै सीमा विवादमा जनमत संग्रह गर्ने प्रचण्डको प्रस्ताव डरलाग्दो राष्ट्रघात तर्फ उन्मुख बभएको दावी गरे ।

गजुरेलले भने,‘सिक्कीम भारतमा गाभिने बेलामा जनमतग्रहको माग गरिएको थियो । नेपालको राष्ट्रियता खतरामा परेको बेला यो विषय आउनु गम्भीर हो । सिक्किममा लेण्डुप दोर्जेहरुले यस्तै माग गरेका थिए । तर, यति छिटो यस्तो प्रस्ताव आउँछ जस्तो लागेको थिएन ।’

उनले नारायणकाजी श्रेष्ठले राष्ट्रियताको कुरा उठाउनु लाज लाग्दो विषय भएको उल्लेख गर्दै आवश्यक पर्दा उनी बाबुराम भट्टराई र प्रचण्ड भन्दा कम राष्ट्रघाती नहुने ठोकुवा गरे । गजुरेलले भने, ‘नारायणकाजी राष्ट्रवादी होइन, उनले मालिकले दिएको मुद्दा उठाएका मात्रै हुन ।’

उनले आफै सहभागि भएको सरकारले गरेको विप्पा सम्झौताको विरोध गर्न अहिले नसुहाउने भन्दै राष्ट्रवादी भएको भए त्यती बेला नै सरकार छाडेर विरोध गर्नु पर्ने तर्क गरे ।

एमाओवादीले विधिवत रुपमा कम्यूनिष्ट सिद्धान्त छाडेको दावी गर्दै गजुरेलले कम्यूनिष्ट सिद्धान्त छाडे पनि प्रचण्ड र बाबुराम भट्टराई भट्टराईसँग सैद्धान्तिक आधार नभएकोले संसदीय व्यवस्थामा आउँछन भनेर एमाले र काग्रेस भ्रममा पर्न नहुने तर्क समेत गरे ।

आफूहरुले पहिला देखि चिनाउन गरेको प्रयास कठिन भईरहेको अवस्थामा महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावले प्रचण्डले आफूले आफूलाई प्रष्ट बनाएकोमा धन्यबाद दिए ।

स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाए नेपालका राजनीति दलहरु कमण्डलु बोकेर हिड्नु जस्तै भएको तर्क गर्दै उनले राजनीतिक दलहरुलाई छाडेर कर्मचारीलाई प्रधानमन्त्री बनाउने कुरा आफ्नो पार्टीलाई मन्जुर नभएको तर्क गरे । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...