सयपत्री सहकारी लोडसेडिङ मुक्त अभियानमा

पोखरा, माघ । सयपत्री बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्ना सेयर सदस्यबीच लोडसेडिङ मुक्त बनाउने घोषणा गरेको छ । सोमबार सम्पन्न सहकारीको सञ्चालका समितिको बैठकले उक्त निर्याय गरेका हो । यस अघि शनिबार लेखा समिति, ऋण समिति, शिक्षा उपसमिति र सञ्चालक समितिको सक्युक्त बैठकले सो अभियानको प्रस्ताव पारित गरेको सस्थाका अध्यक्ष विजयनाथ बास्तोलाले जानकारी दिएका छन् ।

३ सय ७४ जना सेयर सदस्य रहेको उक्त सहकारीले लोडसेडिङ मुक्त बनाउन निश्चित रकम अनुदान र सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने सस्थाका कोषाध्यक्ष एवं प्रबन्धक धर्मप्रसाद बास्तोलाले जानकारी दिए । सस्थाका उपाध्यक्ष विश्वराज बास्तोलाद्वारा स्वागत मन्तब्यबाट सुरु भएको उक्त बैठकमा ‘बढ्दो लोडसेडिङलाई मुक्त अभियान’ कार्यक्रमको सञ्चालन सहकारीका सचिव धर्मदत्त ढुङ्गानाले गरेका थिए ।

सस्थाले लोडसेडिङ मुक्त गराउन सोलार प्लान्ट अभियान सम्पन्न गर्न रोहितराज बास्तोलाको संयोजकत्वमा उपसमिमिति समेत चयन गरेको सस्थाका सचिव ढुङ्गानाले जानकारी दिएका छन् । सो बैठकमा उपस्थित सल्लाहकार तथा सस्थापक अध्यक्ष रवीन्द्र बास्तोला, सालर प्लान्टका परिकल्पनाकार तथा सस्थका सल्लाहकार माधवप्रसाद बास्तोला ‘मधु’, निर्मलप्रसाद कर्माचार्य, लेखा समितिका संयोजक भिमप्रसाद न्यौपाने, ऋण समितिका संयोजक धर्मप्रसाद बास्तोला, शिक्षा उपसमितिका संयोजक कृष्णप्रसाद आचार्य लगायतको सहभागिताको बैठकले आगामी फागुन महिनामा शैक्षिक अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गर्ने निर्णय समेत गरको सयपत्री बचत तथा ऋण सहकारी सस्थाले जनाएको छ ।

स्थानीय स्तरमा आफूलाई उत्कृष्ठ सामाजिक सेवा समेत गर्दै आएको बताउने सहकारीले कृषिमा आलुखेती, शिक्षामा तालिम, समाजिक सेवामा आइल्याण निर्माण जस्ता विभिन्न काम गरेको सेयर सदस्य राजेश गुरुङले जानकारी दिएका छन् । सहकारीले फागुन महिना भित्र सम्पन्न गर्ने उक्त सोलर प्लान्ट मार्फत लोडसेडिङ मुक्त अभियानमा जुट्नु सकारात्मक भएको सहकारीको महिला सेयर सदस्य यशोदा बास्तोलाले जानकारी दिएकी थिइन् । यता भखैरै आलुखेतीमा ४ लाख अनुदान दिएको सहकारीले सेयर सदस्यहरुलाई उज्यालो बनाउने कार्यको सञ्चालक समितिका सदस्य राम गुरुङले जानकारी दिएका थिए

कमेन्टहरु
Loading...