सेती नहरमा गोरखापत्र बाजे मृत भेटिए

पोखरा, 22 माघ/पोखराको महेन्द्रपुलमा पत्रपत्रिकाको व्यवसाय गर्दै आएका गोरखापत्र बाजे सेती नहरमा मृत फेला परेका छन् । आईतबार विहानैबाट हराएका गोरखापत्र बाजेको शव दिउँसो ३ बजेको समयमा पोखरा माटेपानी स्थित सेती नहरमा देखिएको थियो । नहरमा वेवारिसे शव अड्किएको अवस्थामा देखेपछि स्थानियबासीहरुले प्रहरीलाई खबर गरेका थिए ।

पोखराको पुराना पत्रपत्रिकाका व्यापारी गोरखापत्र बाजेको वास्तविक नाम भने चन्द्रकान्त पौडेल हो । नहरमा शव देखिएपछि स्थानियबासीको खबर पाएर रामबजार वडा प्रहरी कार्यालयको टोली नहरबाट शव निकाल्न पुगेको थियो । आईतबार विहान मात्रै गोरखापत्र बाजेको परिवारले उनी हराएको भनेर खोजी गर्नका लागी निवेदन दिएका थिए ।

मृत फेला परेको गोरखापत्र बाजेको शव पोस्टमार्टमका लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । गोरखापत्र बाजेको निधन कसरी भयो भन्ने बारेमा भने अझै खुल्न सकेको छैन । उनको निधनको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्र पौडेलले जानकरी दिए ।

कमेन्टहरु
Loading...