पोखराको मतगणनास्थलमा शुरक्षा बढाइयो

पोखरा/पोखरा महानगरको मतगणना स्थलमा बिगतको तुलनामा शुरक्षा व्यबस्था कडा पारिएको छ । बिगतको दिनको तुलनामा बिहिबारबाट शुरक्षा सर्तकता उच्च बनाईएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता डिएसपी सुन्दर तिवारीले बताए । अहिलेसम्म  मतगणना स्थलमा केहि अप्रिय घटना नघटेको र अवका दिनमा पनि केहि घटना नहोस भनेर शुरक्षा व्यबस्थाबलियो बनाईएको तिवारीले बताए ।


१ लाख ४३ हजार २२६ ले मतदान गरेको पोखरा महानगरपालिकामा करिब ५५ हजार मत गणना गरिसकिएको छ । बिहिबार यसबेलासम्मको मतगणनामा गठबन्धनका मेयर पदका उम्मेदवार धनराज आचार्य करिव ३ हजार मतले अगाडि छन भने उममेयरको उम्मेदवार कोपिला रानाभाट भने करिव २ सय मतले मात्र अगाडी रहेकी छीन् ।
पोखरा महानगरपालिकामा एमालेका तर्फबाट कृष्ण थापा मेयर पदमा र मञ्जुदेवी गुरुङले उपमेयर पदमा प्रतिस्पर्धा गर्दै छीन ।

कमेन्टहरु
Loading...