रक्सीमा राजनीति मिसिदा गोरखामा एमाले काँग्रेस कार्यकर्ताको झडप दुई एमाले कार्यकर्ता घाईते

पोखरा/गोरखाको आरुघाट गाउँपालिकाको वडा नं. २ मा नेपाली काँग्रेस र एमालेका कार्यकर्ता बिचमा झडप भएको छ । झडपमापरि नेकपा(एमाले) का दुई कार्यकर्ता घाईते भएका हुन । जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी केदार खनालका अनुसार रक्सिमा राजनीति मिसिदा उक्त घटना गरेको हो ।

सोमबार राती ११ बजेतिर घटना घटेको जानकारी दिदै खनालले घटनास्थलमा जान प्रहरी चौकीबाट दुई घण्टा लाग्ने बताए । घटनालाई सामान्यीकरण गर्नका लागि दुबै पक्षसँग छलफलको आयोजना गरेको खनालले बताए ।

कमेन्टहरु
Loading...