जब ओली मेयर जिसिको अगाडि एकछिन रोकिए

पोखरा /नेकपा (एमाले) पोखरामा महानगरपालिकाको संम्बोधन गर्न आएका केपि शर्मा ओली मञ्चमा उक्लिने बित्तिकै पोखरा महानगरपालिका मेयर मानबहादुर जिसिको अगाडि गएर टक्क रोकिए ।उनको स्वागतमा बसेका जिसिलाई उनले नमस्कार मात्र फर्काएनन् बरु स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।

जिसिको अगाडी रोकिएर ओलीले स्वास्थ्यबारे जिज्ञासा राख्दा सबैको ध्यान उतैतिर गयो । पाँच बर्षअघि भएको निर्वाचनमा मेयर मानबहादुर जिसिले एमालेको तर्फबाट मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार रामजी कुँवरलाई फराकिलो अन्तरले बिजय हाँसिल गरेको थियो । करिव एकबर्ष अगाडी मष्तिक घातका कारण थला परेका जिसि केहि महिना अगाडी मात्र नियमित काममा फर्किएका थिए । उनको स्वास्थ्यमा अझै पनि समस्या देखा परिरहेको नै छ ।

कमेन्टहरु
Loading...