विपक्षीको पोखरामा विरोध सभा

कास्की, २२ माघ/एकिकृत नेकपा माओवादी नेतृत्वको सरकारका विरुद्ध आन्दोलनमा उत्रीएका विपक्षी दलले सोमबार पोखरामा विरोध सभा गर्ने भएका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकारकै कारण राजनीतिक गतिरोधको गाँठो झन किसीएको भन्दै आन्दोलित भएका दलले पोखराको चिप्लेढुङ्गामा विरोध सभा गर्ने तयारी गरेका हुन् ।

विरोध सभाको बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सभापति यज्ञहादुर थापाले चार ठाउँबाट ¥यालि निकालिने जानकारी दिनुभयो । उहाँका अनुसार पोखराको टुडिखेल, मुस्ताङचोक, बुद्धचोक र जिरोकिमीबाट निस्कने ¥यालि नगरका विभिन्न भागको परिक्रममा गरी चिप्लेढुङ्गामा पुगेर सभामा परिणत हुनेछ ।

नेकपा एमालेका अध्यक्ष मानबहादुर जिसीले गण्डकीका पाँच जिल्लाका जनसमुदायको सभामा सहभागिता रहने बताउनु भयो । जिसीका अनुसार सभामा नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जवरा, नेकपा संयुक्तका सुनील मर्हजन, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष शंकर बराल लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, विदेशी हस्तक्षेपको अन्त्य, संविधान, कानुन र विधिको शासनलाई कायम गर्दै लोकतन्त्रको संस्थागत विकास, स्वतन्त्र पत्रकारिताको ग्वारेण्टी, एमाओवादी नेतृत्वको मधेशीमोर्चा गठबन्धनको सर्वसत्तावादी र निरकुंशताको अन्त्यका लागि आन्दोलन गर्नुको विकल्प नभएको दलहरुले बताएका छन् । राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधान सभाको निर्वाचन गराई देशलाई विद्यमान संकटबाट निकास दिने वातावरण तयार पार्न आन्दोलनले सघाउ पु¥याउने दावी उनीहरुको छ ।

दलहरुले सोमबारको सभामा करिव २५ हजारको सहभागिता रहने दावी गरेका छन् । पत्रकार सम्ेमलनमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष शंकर बराल, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलमान गुरुङ, जेवी कुँवर लगायतले आन्दोलनको बारेमा जानकारी दिनुभएको थियो । आन्दोलनमा सहभागि हुन दलहरुले मजदुर, किसान, बुद्धिजिवी, पेशाकर्मी, व्यवयासी, यूवा, विद्यार्थी, महिला, लगायत सबैलाई अनुरोध गरेका छन् ।

विपक्षी दलहरुले कास्कीमा आन्दोलनलाई शसक्त बनाउन संयुक्त आन्दोलन परिचालन समिति समेत गठन गरेका छन् । दलहरुले सभामा जन सहभागिता बढाउन नगर, क्षेत्र, वडा र टोल÷टोलमा समेत आन्दोलन समिति गठन गरेको बताएका छन् । समितिको सदस्यमा पार्टीका प्रमुख रहेका छन् । यसअघि दलहरुले गत माघ १२ जिल्ला स्तरिय विरोध सभा गरेका थिए । दलहरुले आन्दोलनबाट बाबुराम नेतृत्वको सरकारलाइ हटाएरै छाड्ने दावी विपक्षी दलको छ ।

कमेन्टहरु
Loading...