नयिका रेखा थापाले पत्रकारमाथि हातपात

नयिका रेखा थापाले पत्रकारमाथि हातपात गरेकी छिन् । राजधानीबाट प्रकाशीत हुने दैनिक पत्रिका सौर्य दैनिकका पत्रकार चिरञ्जीवी पौडेललाई कार्यालयमै गएर झापड लगाएकी हुन् । गत शुक्रवार सौर्य दैनिकमा प्रकाशित ‘रेखा थापाको मिनस्कर्ट रहस्य’ नामक गाईजात्रे व्यङ्ग्यले आफ्नो चरित्र हत्या गरेको भन्दै पौडेललाई झापड लगाएकी हुन् । नायिका रेखा थापाले आफूले झापड लगाएको कुरा सहर्ष स्वीकारेकी छिन् । ‘मलाई व्यङ्ग्य गरेकोमा मेरो आपत्ति होइन । गाईजात्रामा जो कसैलाई व्यङ्ग्य गर्ने अधिकार छ । त्यस कुराको म सम्मान गर्छु । मेरो आपत्ती भनेको चिरञ्जीवी पौडेलले मलाई व्यङ्ग्य गरेको भाषामा हो ।’ रेखाले सोही सम्बन्धमा दुबैपक्ष बीच वादविवाद चर्कदै गएपछि कुरा झापडसम्म पुगेको हो भनिन् । रेखाका अनुसार पौडेललाई उनले किन यस्तो लेखेको ? भन्दा पौडेलले आफूले कल्पना गरेर लेखेको बताएपछि आफूले पनि कल्पना गरेको भन्दै एक झापड हानेको जानकारी दिइकी छिन्न ।उता सो गाईजात्रा लेख्ने पत्रकार चिरञ्जीवी पौडेलले पनि झापड खाएको स्वीकारे । झापड सँगसँगै रेखाले आफूलाई नङ्ग्राले घाँटीमा कोतरेको पनि बताए । रेखाको झापडको बदलामा आफूले पनि एक झापड फर्काएको बताए । रेखाको साथमा एकजना सिनेपत्रकार पनि सँगसँगै सौर्य दैनिकको कार्यालय पुगेका थिए । पनेपाली सिनेमाकी यी चर्चित नायिका समय समयमा विभिन्न कुराले चर्चामा आइरहन्छिन् ।

Santoshi Shrestha facebook

कमेन्टहरु
Loading...