नेपाल टेलिकम नौ वार्षिक उत्सवको अवसरमा प्रभातफेरी

पोखरा, २० माघ/नेपाल टेलिकम नौ बार्षिक उत्सवको अवसर पारेर पोखरामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आठौ वर्ष पुरा गरि नौ वर्ष प्रबेश गर्न लागेको अवसरमा आयोजीत प्रभातफेरी रानीपौवाबाट शुरु भै पोखरा महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक, चिप्लेढुङ्गा हुदै पुन रानी पौवामा नै पुगि समापन भएको थियो । प्रभादफेरी कार्यक्रममा नेपाल टेलिकम पोखरा शाखाका प्रमुख प्रकाशमान प्रधानले नेपाल टेलिकमले सेवालाई अझ प्रभावकारी बनाउन विषेश प्रविधिहरु ल्याउन लागेको बताए ।

उनले लोडसेडिङ्गका कारण मोवाइल सेवामा बेला बेलामा समस्या आउने गरेको बताउदै त्यसको निराकणका लागि दुई दिन सम्म धान्न सक्ने प्रविधि ल्याउने बताए । वार्षिक उत्सवको अवसरमा भोली सरसफाई कार्यक्रम गर्ने उनले बताए । माघ २२ गते देखि नेपाल टेलिकम नौ वर्षमा प्रबेश गर्दै छ ।

कमेन्टहरु
Loading...