विराट ज्ञान महायज्ञ आजदेखी

पोखरा, २० माघ। ब्राहमण समाज नेपाल कास्कीले पोखरामा आयोजना गर्न लागेको श्रीमद्भागवत् सप्ताह तथा धन धान्याञ्चल विराट ज्ञान महायज्ञ शनिवारदेखि शुरु हुदैछ । महायज्ञको सम्पुर्ण तयारी पुरा भएको प्रचार प्रसार समितिका संयोजक बलराम ढुगानाले जानकारी दिए।महायज्ञको औपचारिक उद्घाटन शनिवार गरिर्दै छ। पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा संचालन हुने महायज्ञ माघ २७ गतेसम्म चल्ने छ। शुक्रबार सेती नदीबाट एक सय ८ कलशमा पवित्र जल ल्याएर यज्ञ मण्डपमा राखि महायज्ञको पुर्वा· गरिएको महासचिव एव प्रवत्ता विश्वमोहन पौडेलले बताए।

महायज्ञको उद्घाटनसँगै विभिन्न जातजातिका एक सय ८ कन्याहरुको पुजा गरिने र उद्घाटन समारोहलाई डा स्वामी रामानन्द गिरी, स्वामी ज्ञानानन्द सरस्वती, स्वामी कमलनयनाचार्य, जगत गुरु मोहनशरण देवाचार्य सहित सिख, बौद्व सम्प्रदायका धर्म गुरुहरुले समेत सम्वोधन गर्ने छन् । महायज्ञको उद्घाटनपुर्व शनिवार महायज्ञस्थल प्रदर्शनीकेन्द्रबाट शुरु हुने कलश यात्रा पृथ्वीचोक, सभागृहचोक, न्युरोड, वीपी चोक, महेन्द्रपुल भिमसेनचोक, नयाँबजारहुदै पुन महायज्ञस्थल पुग्ने छ।

जातीय सद्भाव कायम गर्ने, ब्राहमण समाज नेपालको केन्द्रीय भवन निर्माण गर्ने, सनातन धर्म दर्शन÷संस्कार र संस्कृतिको अध्यापन गराउने, वैद्विक गुरुकुल आश्रम संचालन गर्ने, बहुउदेश्यीय सामुदायिक भवन र सन्त निवास निर्माण लगायतका उदेश्यले महायज्ञ आयोजना गर्न लागिएको हो। महायज्ञबाट १० करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको छ। महायज्ञमा युवा पण्डीत कमलनयन गौतमले भागवत् वाचन गर्ने छन्।

कमेन्टहरु
Loading...