मैत्रिपुर्ण खेलमा खेलकुद पत्रकार मञ्च कास्की विजयी

पोखरा १७, माघ/पोखरामा जारी ११ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको अवसरमा बुधबार विहान पोखरा रंगशालामा आयोजना भएको मैत्रिपुर्ण फुटवल खेलमा खेलकुद पत्रकार मञ्च कास्कीले जितेको छ । खेलकुद पत्रकार मञ्च कास्कीले सहारा युकेको टोली माथि जित हासिल गरेको हो । मञ्चले सहारा युकेलाई ५–१ को फराकिलो गोल अन्तरले पराजीत गरेको छ । मञ्चको जितमा कप्तान सुरज श्रेष्ठले दुई, प्रकाश थापा, युवराज भण्डारी र अनुप कार्कीले एक एक गोल गरेका थिए । दिलिप गुरुङकोे कप्तानिमा मैदानमा उत्रिएको सहारा युके तर्फबाट भने मिन गुरुङले शान्तोला एक गोल गरे । मञ्चका गोलरक्षक प्रेमनारायण न्यौपाने भर पर्दा खेलाडी नभए पनि धेरै चार्जको सामना गर्न नपरेका कारण मञ्चले फराकिलो गोल अन्तरले जित हासिल गरेको प्रशिक्षक सागर राज तिमिल्सिनाले बताए ।

यस अघि सहारा युके फुटवल क्लबका अध्यक्ष हरी श्रेष्ठले रेफ्रि विष्णु श्रेष्ठलाई वल हस्तान्तरण गरी खेलको औपचारीक उद्घाटन गरेका थिए । सहारा क्लवका अध्यक्ष विक्रम थकालीले सहारा युके र पत्रकारहरु विचको सम्बन्ध सुमधुर कामय गर्दै खेलकुदमा चासो बढाउन खेलको समायोजना गरेको बताए ।

कमेन्टहरु
Loading...