कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार

म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी बिहीबार हुने भएको छ ।

यही माघ २७ गते अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...