राजु गिरी, पोखरा । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तरगत पोखरा महानगरपालिका वडा नं. ५ मा वडा कमिटी गठन भएको छ । वडा सदनमा शनिबार (आज) भएको प्रथम वडा अधिवेशनबाट महेन्द्र दाहालको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
त्यस्तै उपाध्यक्षमा बसन्त गिरी, सचिवमा बासु पराजुली, कोषाध्यक्षमा लक्ष्मण पराजुली, उपसचिवमा सोनिला कार्की, अर्जुन पौडेल र कर्णबहादुर भुवाजी, सहकोषाध्यक्षमा सन्तोष पुरी निर्वाचित भएका छन् । त्यसैगरि आनन्द पराजुली, टंक पौडेल, बिकलमणी भुत्र्याल, सुशिला श्रेष्ठ, रमेश सुवेदी, राजेश अधिकारी, सञ्जय पराजुली, तिलु भण्डारी, आनन्द लम्दारी, बद्रीनाथ सुवेदीलगाएत सदस्यमा निर्वाचित भएका छन् ।
वडा कमिटीमा ९ पदाधिकारीसहित ६५ सदस्यीय रहने महासंघको प्रावधान रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका स्थायी कमिटी सदस्य सञ्जीब बहादुर कोइरालाले व्यवसायी सधै उपभोक्तामुखी हुनुपर्ने बताए । उद्योगी व्यवसायी वडा, महानगर, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म संगठीत हुनुपर्ने उनको जोड थियो । त्यस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा वडा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले वडा कमिटीको प्रथम अधिवेशन व्यवसायीको लागि अविश्मरणीय बन्न सक्ने जिकीर गरे ।
महासंघका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज दामु अधिकारीले पोखरा महानगर भित्र वडा कमिटी गठन प्रक्रिया वडा ५ बाट शुरुवात भएको र छिट्टै सबै वडामा गठन गरिने जानकारी दिए । साथै प्रत्येक वडा कमिटीले उद्योग व्यवसायीसँग समन्वयको भुमिकामा रहनुपर्ने बताए । कार्यक्रममा नेकपा एमाले वडा कमिटी ५ का अध्यक्ष विष्णु बराल, एमाले जिल्ला सदस्य उज्वल खत्री र रामप्रसाद खनाल, एमाले महानगर कमिटी सदस्य बसन्तराज भण्डारीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै नवनिर्वाचित वडा कमिटी अध्यक्ष महेन्द्र दाहालले उद्योगी व्यवसायीको हक हितका लागि आफ्नो कदम चल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
जेष्ठ सफल व्यवसायी कपिल प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महासंघको महानगर कमिटीकी उपाध्यक्ष कल्पना भुवाजी क्षेत्रीले र सञ्चालन महासंघको महानगर कमिटीका सचिव हेमराज भण्डारीले गरेका थिए ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ उद्योगी व्यवसायीको हक हितका लागि काम गर्ने नेकपा एमालेको भात्तृ संगठन हो ।



