पितृ कार्यको खर्च कटाएर मानव सेवा आश्रममा भोजन

पोखरा । पछिल्लो समय पित्रृ कार्यमा हुने खर्च कटाएर मानविय सेवामा समर्पित बिभिन्न संघसंस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ ।

समाजका असहाय, अशक्त,बेसहारा, अनाथ, अभिभाव विहिन, मानसिक तथा शारिरीक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवम पालनपोषणमा सहयोग पु¥याउने लक्ष्यका साथ पित्रीको स्मरणमा सहयोग गर्ने प्रचलन बढेको हो ।

पोखरा महानगरपालिका वडा नं। १७ घारीपाटनस्थित म्यूजियममार्ग निवासी लक्ष्मी खड्काले आप्mना स्वर्गिय पति अमर बहादुर खड्काको १५ पुण्य तिथिका अवसरमा पोखरास्थित मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि एक छाक खानाको व्यवस्था गरिन् ।

छोरा यमबहादुर र बुहारी पार्वती खड्का सहित भोजन गराउनका लागि आश्रममा पुग्नु भएकी लक्ष्मी खड्काले भनिन् आकाशलाई छानो र सडकलाई घर बनाएर बस्न बाध्ये मानवको उद्धार गरेर उनीहरुको लागि पुनर्जन्म दिने संस्थालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ ।
सो परिवारले एक छाक खाना बराबरको नगद १५ हजार पाँच सय रुपैया आश्रम कास्कीका सहसंयोजक सम्झना बर्तौला र साधिका मनिकला नेपालीलाई हस्तान्तरण गरिन् । आश्रममा हाल ६५ जना महिला तथा बालबालिका आश्रित छन् ।

सो आश्रमबाट एक बर्षअघि ९५ जना बुबाहरुलाई पोखरा २५ हेमजास्थित आश्रममा सारिएको छ भने छोरेपाटन आश्रममा हाल महिला र आश्रित बालबालिका सहित ६५ जना रहेका सहसंयोजक सम्झना बर्तौलाले जानकारी दिइन् ।

‘दुई छाक खाना भन्दा पनि आमा र बालबालिको औषधि उपचारमा बढी खर्च हुने गरेको छ’ –उनले भनिन् ‘सडकबाट उद्धार गरिएका अधिकाँस आमाहरु मानसिक रोगी हुनुहुन्छ मासिक औषधिमा मात्र ५० देखि ६० हजार रुपैया खर्च हुने गरेको छ ।’

सस्थाले आश्रम सञ्चालनका लागि हालै सञ्चालन गरेको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट छ लाख रुपैया भन्दा बढी आर्थिक संकलन भएको आश्रमका केन्द्रीय कोषाध्यक्ष एवम् गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार आश्रममा आवद्धहरुको एक छाक खानाका लागि १५ हजार ५००, विशेष खानाको लागि २२ हजार ५०० र एक दिनको खानाको लागि ३५ हजार ५०० रुपैयाको व्यवस्था गरिएको छ ।

२०७४ साल चैत १७ गते पोखरा र आसपासमा कष्टकर जीवन विताउन बाध्ये २३ जना सडक मानवको उद्धार गरेको सञ्चालन गरिएको आश्रमले हालसम्म ८२६ जनालाई सेवा प्रदान गरेको बताउँदै उनले भने २६२ जनालाई पारिवारिक पुनर्मिलन, उपचार पश्चात स्वइच्छाले ३०५ जना घर फर्किनु भएको, ५१ जनालाई अन्य शाखामा स्थान्तरण गरिएको छ भने आश्रमको संरक्षणमा रहदा ५८ जना आमाबुबाको निधन भई सकेको छ ।

कमेन्टहरु
Loading...