जेष्ठ नागरिकका हक हितमा कृयाशिल सस्था जेष्ठ नागरिक सरोकार समाज नेपालले एक सय बर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै पुगि सम्मान गर्ने अभियान थालेको छ ।
संस्थाले जेष्ठ नागरिक प्रतिको सामाजिक उत्तरदायित्व समेत वहन गर्दै एक सय बर्ष माथिका नागरिकलाई सम्मान गर्दै उनीहरुबाट आशिर्वाद लिने अभियानलाई संस्थागत रुपमै अघि बढाएको हो ।
ज्येष्ठ नागरिक समाजका गौरव रहेको र उनीहरूका अनुभव पछिल्लो पुस्ताका लागि प्रेरणा दायक हुने कुरालाई आत्मसात गर्दै उनीहरूको आत्मसम्मानका लागि पनि सम्मान जरुरी ठानी यो अभियान सुरु गरिएको समाजका अध्यक्ष.भक्त बहादुर श्रेष्ठले बताए ।
उनका अनुसार २०७२ सालबाट शुरु गरिएको उक्त अभियान अन्तर्गत हालसम्म एकसय बर्षदेखि ११५ बर्षसम्मका समाजका १२ जना आमा बुवालाई घरमै पुगेर सम्मान गरिंदै आएको छ ।
“समाजका जेष्ठ नागरिकहरुले आप्mनो जीवनको उर्जाशित समय परिवार, समाज र राष्ट्रका लागि योगदान गरेका हुन्छन्” अध्यक्ष श्रेष्ठले भने, “पछिल्लो समय सन्तान आप्mनो जिम्मेवारीबाट बृद्ध आमा बुवाप्रति गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट पन्छिने प्रचलन बढेकोमा दुःख लाग्दछ ।”
संस्थाले पोखरा महानगरपालिका वडा नं. ३१ पचघैया ११५ बर्षीय धन कुमारी गुरुङ, भक्तपुर नगरकोट की १०७ बर्षीय सुनकान्छी लामिछाने, पोखरा १२ सितलादेवीका लालबहादुर गुरुङ र १०२ बर्षीय यारु गुरुङ, पोखरा १९ पुरन्चौरकी १०१ बर्षिय धनमाया गौतम,पोखरा ३२ लामेआलकी १०२ मानकुमारी श्रेष्ठ, कास्की लिप्यानी १०१ बर्षीय तिलोत्तमा न्यौपानेलाई सम्मान गरि सकेको छ ।
त्यसैगरि मादी गाउँपालिका तारकांङका १०१ बर्षिय वामदेव सापकोटा, पोखरा १०का १०३ बर्षिय कुलबहादुर गुरुङ, पोखरा १३ आर्वाका १०२ बर्षीय टिकाराम बराल, पोखरा २७ कन्दनिडाँडास्थित पूर्व सभामुख तारानाथ रानाभाटकी १०१ बर्षिय आमा खिमकुमारी रानाभाटलाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष केशव प्रसाद ढकालले बताए ।
१०४ बर्षीय गौतमलाई निवासमै पुगेर सम्मान
पोखरा महानगरपालिका वडा नं. ७ माछापुच्छ्रे टोल निवासी १०४ बर्षीय इन्द्रकला पाध्या गौतमलाई सोमवार सम्मान गरिएको छ । जेष्ठनागरिक सरोकार समाज नेपालले सम्मान गरेको हो ।
उनको निवासमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष भक्तबहादुर श्रेष्ठले अग्रज आमा गौतमलाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै सुस्वास्थ्य र दिर्घायुको कामना गरे ।
कार्यक्रममा छोराहरु दण्डपाणी र इश्वरवन्दु गौतम र छोरी प्रेमकुमारी आर्यालयको उपस्थितमा पोखराकै अग्रज आमालाई सम्मान गरिएको संस्थाका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा परिवार, समाज र राष्ट्रका निधिका रुपमा रहनुभएका सम्मानित जेष्ठनागरिकहरु सहित विविध गतिविधिको संगालो ज्येष्ठ नागरिक आवाज बार्षिक मुखपत्र प्रकाशित गर्दै आएको संस्थाका सचिव इच्छाबहादुर वाग्लेले स्पष्ट पारे ।
।
संस्थाका आजिव सदस्यहरुको हकमा भने ७५ बर्षको उमेरमा सम्मान गर्दै आएको छ । हालसम्म ४०० जनालाई सम्मान गरिएको बताउँदै उनले भने, संस्थाको आजिवन सदस्य बन्नका लागि एकमुस्ठ तीन हजार ५०० रुपैया तोकिएको छ ।