गण्डकी प्रदेशका मन्त्रीकै अगाडी मन्त्रालयका उपसचिव माथी हातपात (भिडिओ )

पोखरा । गण्डकी प्रदेश बन तथा वातावरण मन्त्रालयका उपसचिव तथा डिभिजन प्रमुख रामकाजी श्रेष्ठ माथी गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाको अगाडी नै हातपात भएको छ ।

उसपचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आफू माथी मन्त्री कै रोहवरमा सांघातिक हमला भएको उल्लेख गरेका छन् ।

‘यो महानगरमा कानूनको खिल्ली उडेकै हो ? मेरो आफ्नै घरमा मा.प्रदेश कानून मन्त्रीको रोहवरमा सांघातिक आक्रमण मन्चन भयो
के गर्नु पर्ला ? सुझाव सल्लाहको अपेक्षा ?’  उपसचिव श्रेष्ठले लेखेका छन् ।

 

आफ्नै घर अगाडी मन्त्री थापा संगै उभिएका श्रेष्ठमाथी एक व्यक्तिले आक्रमण गरेको भिडिओे फुटेज समेत बाहिरिएको छ । उक्त व्यक्तिले आक्रमण गर्दा मन्त्री थापा उभिरहेको भिडिओमा देख्न सकिन्छ । घटना के कारणले भयो भन्ने बारेमा खुल्न सकेको छैन ।

मन्त्री थापालाई सम्पर्क गर्दा उनको फोन उठेन ।

 

फाइल फोटो ः उपसचिव श्रेष्ठको फेसबुकबाट

कमेन्टहरु
Loading...