पोखरा जेसिस को शाखा पदाधिकारी तालिम सम्पन्न

पोखरा/ जेसिजले आफ्ना शाखाका पदाधिकारी हरुलाइ जिम्मेवारी को दायित्व बोध गराउने उद्देश्यका साथ आयोजना गरिएको साखा पदाधिकारी तालिम सम्पन्न भएको छ । पोखरा जेसिस का पुर्ब अध्यक्ष सिनेटर सुबाश सिग्देलको प्रमुख प्रशिक्षणमा रहेको तालिम महासचिव प्रकाश घिमिरेले सम्पन्न गरेका हुन् ।

कार्यक्रममा वर्ष२०२२ का पोखरा जेसिस का अध्यक्ष मिनराज खड्का ले जेसिस अभियान लाई अझै प्रभावकारी बनाउन उक्त तालिमले सकारात्मक भुमिका खेल्ने बताउदै २०२२ लाई सम्पुर्ण रुपमा सफल बनाउन का लागि अगाडि बढ्न आव्हान गरेका थिए ।

दुई चरण मा गरिएको उक्त कार्यक्रम को पहिलो चरण मा नेपाल जेसिस कि निरुपित रास्ट्रीय उपाध्यक्ष को औपचारिक स्वागत कार्यक्रम तथा अन्तर्कृया कार्यक्रम राखियको थियो भने दोस्रो चरनमा पदाधिकारी प्रशिक्षण कार्यक्रम राखियको थियो । कार्यक्रमा उपाध्यक्ष रबिन्द्र गोदार ले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रमा मा पोखरा जेसिस का पुर्ब अध्यक्ष राजु केसि, रङ्ग कर्मी तथा नायिका जान्वी बोहोरा लगयतले शुभकामना मन्तव्य र प्रशिक्षार्थी लाई प्रोत्साहन प्रदान गरेका थिए । लेकसाइड को बिजि बी रिसोर्टमा सम्पन्न भयको कार्यक्रम को संयोजन निस्चल खरेलले गरेका थिए ।

कमेन्टहरु
Loading...