विभागिय टोली आर्मीले फ्रेण्डसलाई ३–० गोलले पराजित गदै क्वाटरफाइनलमा

पोखरा, १० माघ/विभागिय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई ३–० को नतिजा निकाल्दै पोखरा रगंशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आर्मीको जितमा रामकुमार विश्वास, तेजबहादुर बुढाथोकी र दिप लामाले एक÷एक गोल गरे ।

खेलको ३० औ मिनेटमा टंक बस्नेतले गरेको कर्नर प्रहारलाई छ याडमा कसैको निगरानीमा नरहेका विश्वासले हेड मार्फत फ्रष्टबारमा बललाई जाली चुमाउदै गोलको खाता खोले । फ्रेण्डसका विदेशी खेलाडि पिटरको ह्याण्ड भएपछि ६९ औ मिनेटमा पाएको पेनाल्टी मार्फत तेजबहादु बुढाथोकीले गोल गदै आर्मीलाई २–० को अग्रता दिलाउदाँ खेल सकिन एक मिनेट बाकी रहेको अवस्थामा खेलका म्याद अफ दी म्याच सन्तोष नेपालीको क्र्रसमा दिप लामाले गोल गदै टिमलाई ३–० को फराकिलो जित दिलाए ।

पहिलो रोजाईका खेलाडिहरु विना मैदान उत्रेका थिए । फे्रेण्डसका ६ खेलाडि नहुदाँ दबाबमा परेको थियो भने आर्मीलाई पनि अभाव महसु भयो । गोल्डकप खेल्न पोखरा आएका फ्रेन्ड्स र र्आमीका १० खेलाडी खेल्नबाट बञ्चित भए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मात्र फ्रेन्ड्सका ६, र्आमीका चारसहित ४२ खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा डाकेका कारण उनीहरु अचानक काठमाडौं र्फकिनु परेको हो ।

कमेन्टहरु
Loading...