कैलाली/ कैलालीमा पछिल्लो २४ घण्टामा १८७ को नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गरिएको मध्ये ८३ जनामा भने नेगेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ ले जानकारी दिए ।
हाल सम्म १ हजार ६सय ३५ बिरामी मध्ये निको भई घर गएका १ हजार ४ सय ५ रहेका छन् । अस्पतालमा उपचार गरिरहेका १८ छन् भने नयाँ बिरामी थपिएका ३ रहेको उनले बताए । अस्पतालको आईसीयूमा २ र भेन्टिलेटरमा २ जना रहेका छन् ।
कोरोनाको कारण कैलारी गाउँपालिका ५ का ५३ वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । हाल सम्म कैलालीमा मात्रै कोरोना सङ्क्रमणका कारण २१२ जनाको मृत्यु भइसकेको छ ।