पोखरा । पोखरा ६ बैदाम पहारी डाँडामा अवस्थित पहारीहरुको कुल मन्दिर तथा नवनिर्मित भवनको उद्घाटन गण्डकी प्रदेशका सांसद राजिब पहारीले गरेका छन् । आज (बिहीबार) पहारी कुल संरक्षण समितिले एक कार्यक्रम आयोजना गरि उक्त कुल मन्दिर तथा भवनको उद्घाटन तथा निर्माणमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरेको हो ।
उद्घाटन पश्चात कार्यक्रममा बोल्दै सांसद पहारीले देशलाई नै बलियो बनाउन संस्कृतिको जगेर्ना गर्नु आवश्यक रहेको बताए । उनले भने, ‘देश टुक्राउनलाई देशद्रोहीले त्यो देशको संस्कृतिमा प्रहार गर्छन् त्यसैले देश बलियो बनाउन संस्कृतिको जगेर्ना गर्नु आवश्यक छ ।’


