एमाले स्याङ्जाको अध्यक्षमा पारस निर्वाचित

स्याङ्जा । नेकपा एमाले स्याङ्जा अध्यक्षमा सूर्यप्रसाद गैरे ‘पारस’ निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नारायण मरासिनीलाई १८३ मतले पछि पार्दै गैरे निर्वाचित भएका हुन् । गैरे पूर्वमाओवादी हुन् भने मरासिनि स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी सांसद हुन् ।

निर्वाचनमा गैरेले ४४० मत प्राप्त गरेका थिएभने मरासिनीले २५७ मत ल्याएका थिए ।

निर्वाचनमा ६९८ मत खसेको थियो ।

कमेन्टहरु
Loading...