टोल टोलमा आहा ! रारा गोल्ड कपको दोहोरी

पोखरा, ७ माघ/ पोखरा रंगशालामा यही माघ ९ देखि संचालन हुने पश्चिमाञ्चलकै प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको प्रचारको लागि आईतबार पोखराका मुख्य बजारमा दोहोरी गित प्रस्तुत गरीएको छ । राट्रिष्य लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी नेपाल, पोखरा लोक संगित समुहका कलाकारहरुको प्रस्तुती रहेको थियो । प्रतिष्ठानका सचिव जिवन दाहालको नेतृत्वमा टोलीले पोखराको पृथ्बीचोक, हरिचोक, चिप्लेढुंगा, काँहुखोला चोक, अम्मरसिंह चोक, हल्लनचोकमा फुटवल सम्बन्धि दोकदोहोरी गित प्रस्तुत गर्दै पोखरेलीहरुलाई आहा रारा गोल्ड कप सहभागिताको लागि निम्तो बाड्न पनि उक्त कार्यक्रम आयोजना गरेको क्लबले जनाएको छ ।

पोखरामा फुटवलको महोत्सव आहा रारा गोल्ड कपको अन्तीम तयारीको अवसरमा पोखरेलीहरुको मनमनमा आहा राराको रौनक दिन पनि कार्यक्रम आयोजना भएको सहारा क्लबका अध्यक्ष विक्रम थकालीले बताए । माघ २० गतेसम्म संचालन हुने ११ औं संस्करणको अन्तर्राष्ट्रिय अन्तर क्लब फुटवल प्रतियोगिता आहा ! रारा गोल्ड कप २०६९ मा  भारतका दुई सहित १२ टिमको सहभागिता रहने भएको छ ।

कमेन्टहरु
Loading...