बित्तिय अनुशासन कायम गर्न उर्जा मन्त्रालयको कार्यशाला

पोखरा/ उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशले सुशासन प्रवर्ध्दन तथा वित्तिय अनुशासन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रालय अन्तर्तका सबै कार्यालयका प्रमुख , लेखा प्रमुख, जिन्सि शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यशालामा बेरुजु न्युनिकरण र बित्तिय व्यवस्थापन गर्नका लागि बिभिन्न बिषयका बिज्ञहरुद्धारा कक्षा संचालन भएको थियो । दुइदिन संचालन भएको कार्यशालाले मन्त्रालय अन्तर्गतका कार्यालयहरुलाई बित्तिय अनुशासन कायम गर्न महत्वपूर्ण भुमिका खेलेको सहभागिहरुले बताएका थिए । कार्यक्रममा बोल्दै बिभागिय मन्त्री हरिशरण आचार्यले कार्यालयलाई सबै हिसाबबाट चुस्त-दुरुस्त राख्न कर्मचारीहरुलाई आग्रह गर्दै बित्तिय अनुशासन कायम गर्न निर्देशन दिएका थिए ।

कार्यक्रम समापनमा सभापति मन्तव्य राख्दै मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ देशभर नै प्रदेश मन्त्रालयहरुले बित्तिय अनुशासन सम्बन्धी कार्यक्रम उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशले पहिलोपटक गरेको बताए । सचिव श्रेष्ठले कार्यशाला सिकेका कुराहरुलाई ब्यबहारमा उतार्न सहभागिहरुलाई निर्देशन दिएका थिए ।

कमेन्टहरु
Loading...