विभन्न संघसंस्थाद्धारा कपडा हस्तान्तरण

पोखरा,७,माघ ।पोखरामा संचालन भैरहेको हुम्ला जुम्लाका विपन्न वर्गका लागि कपडा संकलन अभियानमा विभिन्न संघसंस्थाहरुले एक्यवद्धता जनाउदै कपडाहरु हस्तान्तरण गरेका छन् । मानव विकास मंच नेपाल , मानव मिलन नारी जागरण नेपालको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाको समन्नयमा संचालन भैरहेको उक्त अभियानलाई स्वतस्फुर्त रुपमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाको सहभागिता वढ्दै गएको छ ।
आइतवार पोखराको विरौटामा स्वामी नारायण नारी जागरणका सचिव लक्ष्मी पोख्रेलको सक्रियतामा भरत सुनचादी दोकानको घरमा संकललन भएको कपडाहरु सोमवार आयोजकलाई हस्तान्तरण गरिएको छ । त्यस्तै सिद्धार्थ राजमार्ग टोल विकास संस्थाका सिता केसीको सक्रियतामा शान्ता देवि गुरुङ ,सुमित्रा थापा ,शन्तु क्षेत्री , होटेल ग्राण्ड क्यासिनो र भुपेन्द्र गौचन लगायको सयोगमा केसी ट्रेडिङ हाउसमा संकलन भएको कपडाहरु  समेत आइतवार नै हस्तान्तण गरीएको थियो ।

त्यस्तैगरि परोपकार महासंघका केन्द्रीय सदस्य गिरा कोइरालाद्धारा संकलन तथा परोपकार वडा इकाई समतिका टिका गौतम , चन्द्रा गुरुङ , लक्ष्मी कोइराला, राज केसी लगायतको सहयोगमा संकलित कपडा , वास्तोलाथरका मुना वास्तोलाद्धारा रिता सापकोटा ,लक्ष्मी अधिकारी ,विजया वास्तोला लगायतले संकलन गरेको कपडा समेत कार्यक्रम संयोजक सुष्मा पौडेल मुल आयोजक समतिका सावित्री शर्मा , लक्ष्मी पोख्रेल ,मेनका पोख्रेल लगायतको टोलीलाई हस्तान्तरण गरीएको थियो ।

कमेन्टहरु
Loading...